संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नुवाकोट । नुवाकोट जिल्लास्तरीय संगम एकल नृत्य प्रतियोगिता २०८२ को उपाधि त्रिशुली सामुदायिक बोर्डिङ स्कुलकी कशिस मलेकु श्रेष्ठले हात पारेकी छिन् ।

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औ वार्षिक साधारणसभाको अवसर पारेर आयोजित नृत्य प्रतियोगितामा मलेकुले उपाधि जित्न सफल भएकी हुन् ।
यस्तै प्रतियोगितामा अर्किड एकेडेमीकी आयुषी श्रेष्ठ दोस्रो भइन् भने सुभेनियर बोर्डिङ स्कुलकी आस्मा तामाङ तेस्रो भइन् । प्रतियोगितामा चन्द्रज्योती माविकी सिम्रना कुमालले सान्त्वना स्थान हात पारेको संगम बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताहरुलाई संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी पौष १५ गते हुने साधारणसभामा नगदसहित सम्मान गरिने नृत्य प्रतियोगिताका संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नुवाकोटका जिल्लाका विभिन्न विद्यालयका १५ जना छात्राहरुको सहभागिता रहेको थियो ।
नुवाकोटको विदुर ४ बट्टार बसपार्कमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले विगत लामो समयदेखि विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरु गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया