नुवाकोट क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा महत
विदुर खबर
२०८२ मंसिर २४ गते २०:५४
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।

महतनिकट नेताहरूका अनुसार पछिल्लो समय उनी नुवाकोट क्षेत्र नम्बर १ मा केन्द्रित छन् र फागुन २१ को चुनावमा महत यही क्षेत्रबाट निर्वाचन लड्न लागेका छन्।
निर्माणाधीन पासाङल्हामु राजमार्गको तीनपिप्ले–ककनी सडक खण्डदेखि रानीपौवासम्मको निरीक्षण तथा स्थानीयवासीसँग उनले अन्तर्क्रिया गरेका थिए। महत २०७९ सालको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फबाट सांसद बनेका थिए।
कांग्रेसले २०७९ मा समानुपातिक सांसदलाई यसपालि नदोहोर्याउने बताएको छ। त्यसअघि २०७४ मा महत काठमाडौं क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी





प्रतिक्रिया