नुवाकोटमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

विदुर खबर २०८२ मंसिर ९ गते २०:१३

नुवाकोट । नुवाकोटको विदुर -५ पिपलटारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

Advertisement

मंगलवार साँझ विदुर ५ पिपलटारस्थित गल्छी–त्रिशुली सडकखण्डमा गल्छीबाट बट्टारतर्फ आउदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा ८० वर्षिय लिलानाथ कोइरालाको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

र्दुघटनामा परि मृत्यु भएका कोइराला ।
Advertisement

र्दुघटनामा मोटरसाईकल चालक लम्जुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ बस्ने जिवन तामाङ र सोही मोटरसाईकलको .पछाडी सवार बिष्णु थापा सामान्य घाईते भएका छन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको छ ।

Advertisement

प्रतिक्रिया