एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
नुवाकोट । पहिलो संस्करणको अपार सफलतापछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।

मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म आयोजना हुने एनपीएल–२ यसपटक फ्लडलाइटमा हुनेछ । गत संस्करणमा झैं ८ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा गत संस्करणमै खेलेका आठै टोलीहरूले खेल्ने भएका छन् । जसमा, विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्ससँगै कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्वदेश र विदेशका चर्चित अनुहारहरूले पनि खेल्ने भएको हुँदा एनपीएल–२ मा थप उत्साह थपिने देखिएको छ । तर, सबैभन्दा उत्साहित विषयचाहिँ यसपटक फ्लडलाइटमा खेलहरू सञ्चालन हुने हो । त्यसमाथि नयाँ निर्माण भएको प्यारापिटमा बसेर दर्शकले खेलको मजा लिने हुँदा यस पटकको एनपीएल २ निकै रोमाञ्चक र ऐतिहासिक बन्ने विश्वास लिन सकिन्छ ।
गत संस्करणमा प्यारापिट नहुँदा पनि दर्शकले यस प्रतियोगितालाई निकै मनपराएको थियो । गत वर्ष यस्तै चिसो समयमा पनि दर्शकहरूले धुलो र चिसोसँग सम्झौता गरेर पनि खेल हेरेका थिए । त्यतिबेला नै प्यारापिट त बन्नै पर्ने आयोजकको मनमा आइसकेको थियो । नभन्दै क्यानले एक वर्षमा दर्शकका लागि आरामका साथ सिटमा बसेर हेर्न पाउने बनाइदियो । योभन्दा ख्ुशीको कुरा अरू हुन नसक्ने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
गत संस्करणमाभन्दा दोस्रो संस्करणको एनपीएलबाट बढी आम्दानी गर्ने पनि क्यानले विश्वास लिएको छ । गत वर्ष २७ करोडभन्दा बढी आम्दानी गरेको एनपीएलले यो संस्करणबाट करिब ४२ करोड आम्दानी गर्ने विश्वास लिएको क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताए ।
यस दोस्रो संस्करणको एनपीएलमा धेरै जसो चर्चित विदेशी खेलाडीहरूले खेल्ने भएका छन् । जसमा, सबैभन्दा चर्चित खेलाडी दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस रहेका छन्। उनले विराटनगर किंग्सबाट खेल्नेछन् ।
डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल ब्याटरमध्ये एक हुन। यसैले उनकाे आगमनले एनपीएल अझ रोमाञ्चक बन्न सक्ने छ । यस्तै, दक्षिण अफ्रिकाबाटै सानदार बलिङ गरेका इमरान ताहिरले पनि यसपटक खेल्दै छन् । उनले च्याम्पियन जनकपुर बोल्ट्सबाट खेल्नेछन् ।
यस्तै, गत पहिलो संस्करणमा दर्शकद्वारा अत्यधिक मन पराइएका न्युजिल्यान्डका जिमी निसामले पनि खेल्नेछन्र । गत संस्करणमा उनले जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन निकै सानदार प्रदर्शन गरेका थिए ।
ब्याटिङमा आक्रमक प्रदर्शन गरेकाेले नै उनी नेपाली दर्शकका प्यारा बनेका थिए तर, यसपालि भने उनले पोखरा एभेन्जर्सबाट खेल्दैछन । यसै गरी अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार खेल देखाएर चर्चित हुनुभएका खेलाडीहरू जेसन रोयले पनि पोखरा एभेन्जर्सबाटै खेल्दैछन् ।
कीर्तिपुरस्थित पूनर्निर्माण त्रिवि क्रिकेट रंगशालाको दर्शक क्षमता ९ हजार ४ सय ५० रहेको क्यानले बतायो । क्यानका सचिव पारस खड्काले सोहीअनुसार नै हरेक दिन टिकट बिक्री गर्ने बताए ।
आज हुने जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने खेलको टिकट सबै बिक्री भइसकेको पनि क्यानका सचिव खड्काले बताए । उनले भने‘आज हुने खेलको टिकट बिक्री भइसकेको छ । यसैले टिकट नपाएका दर्शकहरूले टेलिभिजनमै खेल हेर्नु होला भन्ने हामी आग्रह गर्दछौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया