एकिकृत समाजवादी नुवाकोट नेपाली कम्युनिष्ट पार्टीमा समाहित

विदुर खबर २०८२ कार्तिक ३० गते १०:५३

नुवाकोट । नुवाकोटमा समाजवादी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

Advertisement

केन्द्रमा माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी माओवादी केनद्रसहितको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेसँगै जिल्लामा पनि सर्वसहमत रुपमा सो निर्णय भएको हो ।

तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको बामपन्थी पार्टीहरुबीच नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको हो । सो पार्टीमा माओवादी केन्द्रसहित एकिकृत समाजवादीलगायतका अन्य ११ दल समेत सहभागि भएका छन् ।

Advertisement

एकिकृत समाजवादी नुवाकोटको शनिबार विदुरमा बसेको बैठकले एकीकृत समाजवादी र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र सहित विभिन्न ११ वटा वामपन्थि पार्टिविच भएको एकता लाई स्वागत गर्दै नेपाली कम्युनिस्ट पार्टिमा समाहित हुने निर्णय गरेको हो ।

माओवादी केन्द्र र समाजवादीबीच केन्द्रीय सर्कुलर अनुसार नै जिल्लामा एकता प्रक्रिया समाहित भएको एक नेताले बताए ।

Advertisement

एकिकृत समाजवादी नुवाकोटको नेतृत्व गोविन्द नेपालीले गर्दै आएका छन् । पार्टीमा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीसहितका नेताहरु रहेका छन् ।

प्रतिक्रिया