गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
नुवाकोट । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे ।
उनले १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।
यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।
यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया