पाँचखलेमा बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव शुरु

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ पाँचखलेमा रहेको जनसेवा आधारभूत विद्यालयको शैक्षिक स्तर उन्नती एवं अक्षयकोष स्थापनाका लागि बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव शुरु शुरु गरिएको छ ।

विभिन्न संघसंस्थाको सहयोगमा भएको बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सवको संरक्षकमा बेलकोटगढी नगरपालिकाको कार्यालय रहेको छ भने यज्ञ व्यवस्थापकमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ को कार्यालय, र विद्यालय आफै रहेको छ ।
विद्यालयको शैक्षिक स्तर उन्नती एवं अक्षयकोष स्थापनाका लागि आयोजना गरिएको भागवत महोत्सवको लागि प्रमुख कथा वाचक पण्डित कपिलदेव भट्ट रहेका छन् ।
शुक्रवारदेखि शुरु भएको बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव आगामी कार्तिक १ गतेसम्म संचालन हुने छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुबाट संगीतमय भजनकीर्तन, देवलीला सहितको झाँकी प्रर्दशन भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया