तारकेश्वरमा आयातित फूलका माला र ब्याज निषेध, प्रमुख अतिथि नबन्ने अधिकारीको निर्णय

विदुर खबर २०८२ असोज २५ गते २१:२४

नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले आफु अबदेखि कुनैपनि कार्यक्रमको प्रमुख अतिथि नबन्ने बताएका छन् ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी तारुका उपशाखाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । नियमित जसो भइरहने कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा लामो समय व्यतीत हुने भएकाले गाउँपालिका अध्यक्षका रूपमा गर्नुपर्ने जनसेवाका कार्यहरूका लागि थप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उनले बताए ।

यस्तै गाउँपालिका भित्रका सरकारी कार्यालयहरूलाई कार्यक्रमहरूमा स्थानीय फूलको मात्र प्रयोग गर्न उनले निर्देशन दिएका छन् ।

Advertisement

अधिकारीले गाउँपालिका भित्रका सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा सहकारी संस्थाहरूले गर्ने कार्यक्रमहरूलाई मितव्ययी बनाउन महँगा खादा, आयातित फूलका माला, ब्याज आदिको प्रयोग निषेध गर्दै स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया