स्वर्ण विजेता कुमारलाई सुर्यगढी ३ को नगदसहित सम्मान
नुवाकोट । अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाउने नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का खेलाडी कुमार तामाङ नगद ५१ हजार रुपैयाँसहित सम्मानित भएका छन् ।

सुर्यगढी गाउँपालिका वडा नम्बर ३ को कार्यालयले आईतवार एक कार्याक्रमको आयोजना गरेर उनलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
चीनमा २०२५ अगस्ट २१ देखि २५ सम्म सम्पन्न भएको एन्टा ग्राण्ड स्ल्याम युथ लिगको फाइनलमा नेपालबाट पहिलो पटक भर्चुअल ग्यरोगी (भिआर) इभेन्टमा कुमारले स्वर्ण पदक जित्न सफल भएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष पिङल बहादुर थापा मगरले कुमारले स्वर्ण पदक जितेर सुर्यगढीको मात्र नभई नेपालकै नाम अन्तराष्ट्रिय स्तरमा फैलाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले खेलकुद क्षेत्रको उन्नति र प्रतिभावान खेलाडीको प्रोत्साहनका लागि वडा कार्यालयले सधैं सहयोग गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै सम्मानित भएका कुमारले आफुले हासिल गरेको उपलब्धि सुर्यगढी र सम्पूर्ण नुवाकोटेको लागि गौरव भएको बताए । उनले आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्न आफु लागि पर्ने बताए ।
सम्मानित भएका खेलाडी कुमार तामाङले करिब दुई दशकदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्दै नेपाली खेलकुदलाई गौरव दिलाउँदै आएका छन् ।

उनी तेक्वान्दोका दक्ष निर्णायक (रेफी) तथा नुवाकोट जिल्ला खेलकुद विकास समितिका सदस्यको रूपमा रहँदै खेलकुदको अनुशासन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया