नुवाकोटमा गाईजात्राको रौनक

विदुर खबर २०८२ साउन २७ गते ९:१४

नुवाकोट । नुवाकोटसहि देशको विभिन्न स्थानमा आज गाईजात्राको रौनक छ ।

Advertisement

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइन्छ । नुवाकोटका अलवा काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे,दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ यो पर्व मनाइन्छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को बेग्लै धार्मिक र सांस्कृतिक महत्त्व छ । यो पर्व भद्र मासको कृष्ण पक्षको पहिलो दिन अर्थात् कृष्ण प्रतिपदामा पर्ने गर्दछ ।

Advertisement

प्रचलनअनुसार, गत वर्ष दिवङ्गत भएका आफन्तहरूलाई सम्झेर, गाईको आकृतिमा नगर तथा सडकमा परिक्रमा गर्ने चलन छ । सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही र केही नगद प्रदान गरी श्रद्धा प्रकट गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

Advertisement

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रतिक्रिया