नुवाकोटमा गाईजात्राको रौनक
नुवाकोट । नुवाकोटसहि देशको विभिन्न स्थानमा आज गाईजात्राको रौनक छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइन्छ । नुवाकोटका अलवा काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे,दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ यो पर्व मनाइन्छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को बेग्लै धार्मिक र सांस्कृतिक महत्त्व छ । यो पर्व भद्र मासको कृष्ण पक्षको पहिलो दिन अर्थात् कृष्ण प्रतिपदामा पर्ने गर्दछ ।

प्रचलनअनुसार, गत वर्ष दिवङ्गत भएका आफन्तहरूलाई सम्झेर, गाईको आकृतिमा नगर तथा सडकमा परिक्रमा गर्ने चलन छ । सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही र केही नगद प्रदान गरी श्रद्धा प्रकट गरिन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी





प्रतिक्रिया