भेट्रान्स कपमा विदुर १ को विजयी शुरुवात

विदुर खबर २०८२ असार ११ गते २१:२०

नुवाकोट । आजबाट विदुर १ त्रिशुलीमा शुरु भएको प्रथम वडास्तरीय भेट्रान कप फुटवल प्रतियोगितामा विदुर १ त्रिशुलीको ए टिमले विजयी शुरुवात गरेको छ ।

Advertisement

त्रिभुवन त्रिशुली माविको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को संरक्षकत्वमा शुरु भएको प्रतियोगितामा विदु्र १ को ए टिमले विदुर ९ को टिमलार्य १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

विदुर १ को ए टिमलाई विजयी गराउन खेलको दोस्रो हाफमा जर्सी नम्बर १४ का श्रीकृष्ण डंगोलले निर्णायक गोल गरे ।

Advertisement

खेलमा जीत हासिल गरेको विदुर १ त्रिशुलीको ए टिमले तीन अंक बटुल्दै समुहको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा विदुर १ को ए र बि तथा विदुर ५ र विदुर ९ को टोलीहरुले सहभागिता जनाएका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटी लगायतले गरेका हुन् ।

Advertisement

प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १२ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन् रन्जितले जानकारी दिए ।

प्रतिक्रिया