मेयर कप क्रिकेटको उपाधिको लागि विदुर ३ र ४ भिड्ने

विदुर खबर २०८२ असार ६ गते १९:४९

नुवाकोट । प्रथम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेटको उपाधिको लागि विदुर ३ र ४ भिड्ने भएका छन् ।

Advertisement

फाईनल प्रवेश गरेको विदुर ३ ले शुक्रवार सम्पन्न दोस्रो सेमिफाईनलमा वडा नम्बर १ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो । उसका लागि यादप लामिछानेले ३२ र अजेशराज शाक्यले १३ रन बनाउनु वाहेक अन्यले दोहोरो स्कोरको रन बनाउन सकेनन् ।

विदुर १ लाई सस्तैमा आउट गर्न विदुर ३ का लागि दिनेश स्ुवेदी, सुरज ओझा र मन्जित थपलियाले समान दुई विकेट लिए ।

Advertisement

जवाफमा ८३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ३ ले ६.४ ओभरमा विना विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । विदुर ३ का लागि खेलको म्यान अफ दि म्याच समेत रहेका राजेश रिमालले अविजित रहँदै २१ वलमा ४२ रन बनाए । त्यस्तै पवन राईले नटआउट रहदै ३१ रनको योगदान गरे ।

यसअघि शुक्रवार विहान सम्पन्न पहिलो सेमिफाईनलमा विदुर ४ ले विदुर ७ लाई ३ विकेटले पराजित गरि फाईनल प्रवेश गरेको हो ।

Advertisement

प्रतियोगिताको फाईनल खेल शनिवार दिउँसो हुनेछ । विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगितामा विदुर नगरपालिकाका ११ ओटा वडाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया