मेयर कप क्रिकेट : वडा नम्बर ४ फाईनल प्रवेश

विदुर खबर २०८२ असार ६ गते १०:०४

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ पिपलटारमा जारी प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

Advertisement

शुक्रवार विहान सम्पन्न भएको पहिलो सेमिफाईनलमा विदुर नगरपालिका वडा नम्बर ७ लाई ३ विकेटले पराजित गर्दै विदुर ४ उपाधि नजिक पुगेको हो ।

टस जितेर पहिले बलिङ रोजेको विदुर ४ ले वडा नम्बर ७ लाई १०९ रनमा समेटेको थियो । जवाफमा

Advertisement

११० रनको लक्ष्य लिएर मैदान उत्रिएको विदुर ४ ले १८.३ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनायो । विदुर ४ लाई विजयी गराउन खेलको म्यान अफ दि म्याच समेत रहेका विकास लामिछानेले २९ रनको योगदान दिए । यस्तै हिमन रिमालले २४ रन बनाए ।
बलिङतर्फ विदुर ७ का सुवास भण्डारीले दुई विकेट लिए । यस्तै हरिहर सुवेदी र सन्तोष गजुरेलले एक विकेट लिए ।

विदुर ७ को लागि पाण्डप अधिकारीले सर्वाधाकि २० रन बनाए । यस्तै सुवास भण्डारी १५, अनुप नेपाल १४ र सौरभ रिमालले १२ रनको योगदान दिए ।

Advertisement

बलिङतर्फ विदुर ४ का विकास लामिछाने एक्लैले ४ विकेट लिए ।

फाईनल प्रवेश गरेको विदुर ४ ले उपाधिको लागि विदुर ३ र विदुर १ को विजेतासँग शनिवार प्रतिष्पर्धा गर्नेछ ।

विदुर नगपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगितामा विदुर नगरपालिकाका ११ वडाको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ५० हजार रुपैयाँ, उपविजेता टोलीले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया