विदुर वडा नम्बर ४ मेयर कप क्रिकेटको सेमिफाईनल प्रवेश

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ प्रथम विदुर मेयर कप वडास्तरीय टि–२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ ।

विहिबार विहान भएको पहिलो खेलमा विदुर वडा नम्बर २ लाई ४२ रनले पराजित गर्दै वडा नम्बर ४ सेमिफाईनल प्रवेश गर्ने तेस्रो टोली बनेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वडा नम्बर ४ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनायो । विदुर ४ लाई जित दिलाउन संजित तिवारीले अर्धशतकिय पारी खेले । उनले ३६ वलमा ५ छक्का र ४ चौकासहित ५८ रन बनाए ।
बलिङतर्फ विदुर २ का दिपेश तिमिल्सेनाले तीन विकेट लिए भने रोशन भट्टले दुई विकेट लिए ।
जवाफमा १४० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर २ ले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । उसको लागि अश्विन न्यौपानेले २८ रन बनाए भने रोशन भट्टले २० रनको योगदान दिए ।
विदुर २ लाई सस्तैमा समेट्न विदुर ४ का किशोर अर्याल र संगीत रन्जितले समान तीन विकेट लिए ।
खेलको म्यान अफ दि म्याच विदुर ४ का संजीत तिवारी घोषित भए । सेमिफाईनल प्रवेश गरेको विदुर ४ ले अब फाईनल प्रवेशको लागि विदुर ७ सँग शुक्रवार प्रतिष्पर्धा गर्नेछ ।
त्यस्तै रमेश गिरीले दुई छक्का र एक चौकासहित २१ रनको योगदान दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया