विदुर मेयर कप क्रिकेट : वडा नं ७ सेमिफाईनल प्रवेश

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ प्रथम विदुर मेयर कप वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधवार विहान भएको पहिलो क्वाटरफाईनलमा वडा नम्बर १२ लाई ११५ रनले पराजित गर्दै वडा नम्बर ७ प्रतियोगिताको सेमिफाईनल पुग्ने पहिलो टोली बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विदुर ७ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । उसका लागि सुवास भण्डारीले ३१ रन बनाए भने पाण्डप अधिकारीले ३० रनको योगदान गरे । त्यस्ते रामेश्वर प्याकुरेल १६ र सौरभ रिमालले १५ रनको योगदान दिए ।
विदुर १२ का राजन ढुङ्गाना र सुजित रिमालले समान २÷२ विकेट लिए ।
जवाफमा १६२ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको विदुर १२ ले १४.५ ओभरमा सबै विकेृट गुमाउँदै मात्र ४६ रन बनाउन सक्यो ।
उसका लागि सुगम रिमालले १८ रन र सन्देश रिमालले १३ रन बनाउनु वाहेक अन्यले दोहोरो स्कोरको रन बनाउन सकेनन् ।
बलिङतर्फ विदुर ७ को तर्फबाट खेलका म्यान अफ दि म्याच समेत बनेका हरिहर सुवेदीले ५ विकेट लिए । यस्तै अनुप नेपालले तीन विकेट लिए भने सुवास भण्डारीले दुई विकेट चट्काए ।
प्रतियोगिताको सेमिफाईनल पुगेको विदुर ७ ले फाईनल प्रवेशको लागि शुक्रवार विदुर २ र विदुर ४ को विच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया