नगरप्रमुख श्रेष्ठद्धारा कोलनी ब्याडमिन्टनको कर्भड हल उद्घाटन
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ मा निर्माण गरिएको कोलनी ब्याडमिन्टनको कर्भड हलको उद्घाटन गरिएको छ ।

शनिवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सो कर्भड हलको उद्घाटन गरेका छन् । विदुर नगरपालिकाको २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको कर्भड हलमा एकैपटक दुई खेल संचालन गर्न सकिने छ ।
कर्भड हलको उद्घाटन गर्दै मेयर श्रेष्ठले खेल पर्यटनकोे प्रचुर सम्भावना बोकेको नुवाकोटमा कर्भड हलको निर्माणले खेल क्षेत्रको संस्थागत विकाशमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले नगरपालिकाद्वारा निर्माण भएको कभर्ड हलको ब्याबस्थापन र संरक्षण सबैको दायित्व रहेको बताए ।

मेयर श्रेष्ठले नगरपालिकाले सबै खेल क्षेत्रलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिरहेको बताए । उनले निर्माण भएको कर्भड हलमा बाँकी रहेको संरचना गर्न थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले पछिल्लो समय नुवाकोटमा प्रदेशदेखि नगरपालिका सम्मले खेलकुदमा बढी बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले नुवाकोटमा हरेक शनिवार कुनै न कुनै खेलकृुद प्रतियोगिता मनाउने तयारी गरेको बताए । अध्यक्ष गुरुङले नुवाकोटमा खेल क्षेत्रमा धेरै लगानी भएपनि खेलाडी उत्पादन नभएको बताए । अवको दिनमा खेलाडी उत्पादन गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया