विदुर मेयर कप क्रिकेट : विदुर ४ को शानदार जीत

विदुर खबर २०८२ जेठ ३१ गते १९:११

नुवाकोट । नुवाकोटको विदुर ५ पिपलटारमा जारी प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा विदुर वडा नम्बर ४ ले शानदार शुरुवात गरेको छ ।

Advertisement

विदुर नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा आज भएको खेलमा विदुर नगरपालिका वडा नं. ४ ले विदुर वडा नं. ५ लाई डर्कवर्थ लेविसको नियमको आधारमा १० विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको विदुर वडा नं. ५ ले विनोद श्रेष्ठको सर्वाधिक ३८ रनको मद्धतले १८ ओभरमा सबै विकेट गुमाई ८९ रन बनाएका थिए । विदुर ४ का तर्फबाट बलिङ्गमा किशोर अर्याल, संगित रन्जित र विकास लामिछानेले समान २÷२ विकेट लिए ।
दोश्रो इनिङ्ग सुरु हुनु पूर्वनै बर्षा भएपछि केहि समय रोकिएको खेलमा डकवर्थ लेविस नियमानुसार खेल १० ओभरमा झारिएको थियो ।

Advertisement

त्यसपछि वडा नं. ४ लाई निर्धारित १० ओभरमा ५३ रनको लक्ष्य प्रस्तुत गरिएको थियो । जसमा विदुर ४ ले निर्धारित लक्ष्य ५ ओभरमै विना विकेटको क्षतिमा ५८ रन बनाई जित हाँसिल गर्न सफल भयो ।

निकै आक्रामक ब्याटिङ्ग गरेका वडा नंं. ४ का विकेट किपर ब्याट्सम्यान प्रविन केसिले १५ बलमा ५ छक्का १ चौकाको मद्धतले ३८ रन बनाए भने अर्का ब्याट्सम्यान रोसन कुमार खड्काले १० रन बनाउन सफल भए ।

Advertisement

आजको जितसँगै वडा नम्बर ४ समुह सि को शिर्ष स्थानमा रहेको छ । खेलको म्यान अफ द म्याच विदुर ४ का प्रविन केसी भएका छन् ।

प्रतियोगितामा अन्र्तगत विदुर ४ ले आफ्नो दोस्रो खेल असार १ गते दिउँसो २ बजे वडा नम्बर ९ सँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया