नुवाकोट जिल्ला लिग : स्थगित खेल सोमवार दिउँसो हुने
 
		
	 नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको फाइनल खेल सोमवार हुने भएको छ ।
नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको फाइनल खेल सोमवार हुने भएको छ ।
नुवाकोट जिल्ला फुटवल संघको आईतवार वसेको बैठकले रेफ्रीको विवादास्पद निर्णयपछि शनिवार स्थगित भएको फाइनल खेल सोमवार सुचारु गर्ने निर्णय गरेको हो ।
बैठकले खेल सोमवार दिउँसो ४ बजेपछि खेल सुचारु गर्ने निर्णय गरेको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले विदुर खबरलाई जानकारी दिए । चित्रकारका अनुसार खेल ६६ औ मिनेटदेखि खेलाइने छ । उनका अनुसार न्यु ईनारपाटी युवा क्लबले हानेको गोल अफसाईट नै हुने र रेफ्रीको निर्णय नै अन्तिम रहने बताइएको छ ।
यसैविच नुवाकोट जिल्ला फुटवल संघले स्थगित फाईनल खेल सोमवार सुचारु गर्ने निर्णय गरेसँगै न्यु ईनारपाटी युवा क्लब पनि आन्तरिक छलफलमा जुटेको छ । क्लबले आफ्नो विमति हुँदाहुदै एन्फाले पुन खेल सुचारु गर्ने निर्णय गरेको भन्दै क्लब आन्तरिक छलफलमा जुटेको हो ।
उसले सोमवार विहान ९ बजे यस विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
यसअघि शनिवार भएको फाइनल खेलकोे ६६ औ मिनेटमा न्यु ईनारपाटी युवा क्लबले गरेको गोललाई रेफ्री अफसाईड दिएपछि खेल मैदान केहीवेर तनावग्रस्त बनेको थियो ।
पहिला खेलका मुख्य रेफ्री दिनेश अधिकारीले गोल दिएपनि सहायक रेफ्री पुर्ण चित्रकार अफसाईटको ईसारा गरेपछि सो गोललाई अफसाईड घोषणा गरिएको थियो ।
त्यसपछि दर्शकले रेफ्री पुर्ण चित्रकारलाई मुक्का प्रहार गरेपछि खेल मैदान तनावग्रसत बनेको थियो । र्दशकहरु मैदानमा प्रवेश गरेपछि नेपाल प्रहरीले लठ्ठी चार्ज गरेको थियो ।
खेलमा विवाद शुरु हुनुभन्दा अघि बट्टार युथ क्लबले १–० गोल अन्तरले अगाडी थियो । बट्टारलाई अग्रता दिलाउन खेलको ४० औ मिनेटमा जर्सी नम्बर १५ का रितिक डोनाले गोल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया