नुवाकोट-काठमाडौँ पत्रकार समाज गठन
विदुर खबर
२०८० साउन १५ गते २०:५२
नुवाकोट। नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ ।सोमबार राजधानीको युनियन हाउसमा अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा आयोजित एक भेलाकाबीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा प्रशन्न ढुंगाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरि प्रसाद भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी लगायत रहेका छन् । नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ ।
संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ‘राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरु छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ’, उनले भने ।
उनले राजधानीमा क्रियाशील पत्रकारहरुलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउन पनि लागिपर्ने बताए । पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोडेर समाजलाई सबैको साझा मञ्च बनाइने उनको भनाइ छ ।
भेलामा बोल्दै अग्रज पत्रकार रिमालले आगामी दिनमा यसलाई चलायमान बनाउँदै नयाँ पुस्तालाई पनि जोड्दै थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिए ।
नुवाकोटबाट काठमाडौं आइ विभिन्न सञ्चारगृहमा काम गर्दै आइरहेका पत्रकारहरुबीच एउटा भाइचाराको सम्बन्ध विस्तार गर्दै भोलिका दिनमा सामाजिक काममा समेत उक्त समाजलाई अग्रसर बनाउनुपर्नेमा उनको धारणा रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस





प्रतिक्रिया