नुवाकोट आएर सभामुख घिमिरेले भने, छहरे-टोखा सुरुङ छिटो बन्नुपर्छ
नुवाकोट । सभामुख देवराज घिमिरेले चर्चामा रहेको छहरे–टोखा सुरुङ छिटो बन्नु पर्ने बताएका छन् ।
गणेश पण्डित स्मृति केन्द्रले शनिबार दुप्चेश्वर गाउँपालिका-६ रामतीमा आयोजना गरेको वाम आन्दोलनका नेता एवं पूर्वसांसद गणेश पण्डितको सालिक (प्रतिमा) अनावरण कार्यक्रममा छहरे-टोखा सुरुङ छिटो बन्नु पर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘पार्टीका नेताहरु र तपाईंहरुको सक्रियताले चाँडोभन्दा चाँडो त्यो (सुरुङ)को काम अगाडि बढ्ने छ । त्यसो भएको खण्डमा यो ठाउँको कायापलट हुने छ ।’
सुरुङ निर्माण भएमा नुवाकोटदेखि काठमाडौं आउजाउ नजिक हुने उनले बताए । सभामुख घिमिरेले भने, ‘बाटो बनाउन खर्च भइरहन्छ, सुरुङमार्ग बनाउन अलिकति समय, पैसा खर्च भए पनि छोटो हुनेछ । हामी सुरुङयुगमा जाने कुरा गरिहहेका छौं ।’ उनले यस्ता थुप्रै काम गरेको खण्डमा गणेश पण्डितका नयाँ सपनालाई साकार पार्न सकिने बताए । ‘तीन घण्टा लाग्ने बाटोमा सुरुङ बनेको भए १० मिनेटमा नुवाकोट आइपुग्छ भन्ने जानकारी पाएँ,’ उनले भने ।
दुप्चेश्वर माध्यमिक विद्यालयले साना बालबालिकादेखि कक्षा ७ सम्म अध्ययरनत विद्यार्थीका लागि गुरुकुल शिक्षा थालनी गरेकोमा सभामुख घिमिरेले सराहना गरे । उनले दुप्चेश्वर संस्कृत विद्याश्रमको पनि उद्घाटन गरेका थिए । जिल्लाका शिक्षाप्रेमी तथा वामपन्थी नेता पण्डितको सपनालाई राम्रो विद्यालय बनाएर शिक्षाको हवको रुपमा नुवाकोटको माथिल्लो भेगमा विकास गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो । स्व. नेता पण्डित सबैले सम्झानायोग्य नेता रहेको उनले चर्चा गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसी, सांसद विमला सुवेदी पूर्वराज्यमन्त्री एवं वागमती प्रदेशका सांसद राधिका तामाङ, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, पूर्वसंघीय सांसद नारायणप्रसाद खतिवडा, पूर्वप्रदेशमन्त्री केशव पाण्डेलगायतले स्व. गणेश पण्डित वाम आन्दोलनका एक धरोहर भएको बताए ।
स्व. पण्डित २०४८ सालमा नुवाकोट क्षेत्र नं. २ बाट सांसद निर्वाचित भएका थिए । २००३ साल साउन ३० मा जन्मेका उनको ०७५ फागुन ११ गते देहवासन भएको थियो । उनी ०२० सालबाट पंचायती व्यवस्था विरुद्धमा लड्दै ०४२ सालमा बम काण्ड, ०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले ११ महिना जेल जीवन बिताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै
मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी





प्रतिक्रिया