नुवाकोटमा विपद् व्यवस्थापन अभ्यास
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-९ त्रिशूली जलविद्युत उत्पादन केन्द्रको पानी थिग्राउने पोखरी सिलट्यांकीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ ।
बिहीबार बिहान सिलट्यांकीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नदीमा पसेर घाइतेको उद्धार, उद्धारपछिका प्राथमिक उपचारलगायत कार्यको अभ्यास गरेका हुन् । पानी बाहिर निकाल्ने र घाइतेको मुखमा मुख जोडेर मुटु सक्रिय गराउने कार्य रेडक्रस सोसाइटीका स्वयंसेवकले गरेका थिए । त्यसपछि सुरक्षित तवरले प्राथमिक उपचारपछि अस्पताल पुर्याउने अभ्यास गरिएको थियो ।
नदी, ताल र खोलामा डुबेका घाइतेको उद्धारका लागि सुविधायुक्त साधन स्रोत नभएको खण्डमा स्थानीय स्रोत साधन प्लास्टिकका बोतल कम्मरमा बाँधेर, प्लास्टिकका ड्रमलाई किलाकाँटी ठोकेर पानीमा तैरिने बनाएर डुबेकाको उद्धार गर्न सकिने मनसुन अभ्यास गरिएको थियो । वर्षात्सँगै आएको बाढीले नदीमा फसेका, माछा मार्न जाँदा नदीमा डुब्दा, जलविहारको क्रममा अचानक डुब्न गएमा उनीहरुको खोज तथा उद्धार गर्न उक्त मनसुन नमुना अभ्यासले सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा भएको अभ्यासमा जिल्ला प्रशासन, जबरजंग गण देवीघाट व्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म, जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका गरी तीन दर्जन सहभागी थिए । विपद् पूर्वतयारी तथा प्रतिकार्य सिमुलेसन एक्ससाइज अभ्यास मनसुन ३ को संचालन यही १७ गतेदेखि २४ वैशाखसम्म हुने छ ।
नुवाकोटमा त्रिशूली नदी, तादी र लिखु खोलामा वर्षात्मा अचानक आउने भेलले निम्त्याउने समस्या समाधान गरी नागरिकको जीवन रक्षा गर्न सकिने भएकाले पूर्वतयारी स्वरुप अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया