उपनिर्वाचनका लागि तयारी बढाइयो
नुवाकोट । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ ।
आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो ।आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ । कार्यालयले फागुन १ मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।
यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने पनि आयोगले जनाएको छ । कुनै मतदाताले विवाह वा बसाइँसराइका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा, कुनै मतदाताको मृत्यु भएको, नागरिकता त्याग गरेको वा विवाह वा बसाइँसराइ गरी मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिएमा मतदाता नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ । त्यसै गरी दोहोरो नामावली हटाउन पनि निवेदन दिन सकिने छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि दर्ता भएका मतदाता नामावलीहरूको अद्यावधिक गर्ने कार्य भइरहेको छ । आयोगलाई प्राप्त विवरणअनुसार मंसिर ४ मा भएको निर्वाचनमा सोे क्षेत्रमा कुल मतदाता १ लाख २५ हजार १ सय ६५ जना रहेका छन् । माघ ३ देखि २९ सम्म जिल्लामा ५ सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरूले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली संकलनको कार्य रोकिएको थियो ।
सो क्षेत्रबाट निर्वाचित रवि लामिछानेलाई नागरिकता विवाद निरूपण गर्ने क्रममा सर्वोच्च अदालतले पदमुक्त गरेपछि कानुनबमोजिम उपनिर्वाचन गराउन लागिएको हो । आयोगले उपनिर्वाचनको मिति घोषणालगत्तै सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्वाचनको तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
मतदाता नामावली अद्यावधिक गरिसकेपछि उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । त्यस्तै, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया