नक्कली लाइसेन्स बनाएको आरोपमा नुवाकोटका २ जना पक्राउ
विदुर खबर
२०७९ फागुन ३ गते १६:३९

नुवाकोट । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा नुवाकोटका २ जनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भई हाल टोखा बस्ने ३८ वर्षीय अनिल राई र चौघडा नै घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्य एक जनामा पोखरा महानगर–१ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई सामाखुसी , तामाङलाई बालाजु पेयाँटारबाट र गुरूङलाई रामशाहपथबाट पक्राउ गरेको हो ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया