नक्कली लाइसेन्स बनाएको आरोपमा नुवाकोटका २ जना पक्राउ
विदुर खबर
२०७९ फागुन ३ गते १६:३९
नुवाकोट । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा नुवाकोटका २ जनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भई हाल टोखा बस्ने ३८ वर्षीय अनिल राई र चौघडा नै घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्य एक जनामा पोखरा महानगर–१ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई सामाखुसी , तामाङलाई बालाजु पेयाँटारबाट र गुरूङलाई रामशाहपथबाट पक्राउ गरेको हो ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया