नुवाकोट शिवपुरीमा जिप दुर्घटना, चालक घाइते
विदुर खबर
२०७९ पुष ६ गते १८:५८
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-७ चाँपबोटको च्यानडाँडामा जिप दुर्घटना भएको छ ।
छहरे-टोखा सडकखण्डअन्तर्गत बुधबार दिउँसो सवा ४ बजेतिर चाँपबोटको सडकबाट बा १३ च ६७७५ नंको बोलेर जिप करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा चालकमात्रै भेटिएको प्रहरी चेक पोस्ट गुर्जेका असई हेम शर्मा पौडेलले जानकारी दिए ।
घाइते चालक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ का सुवास रिजाललाई उपचारका लागि काठमाडौं पठाइएको छ । जिप पूर्णरुपमा क्षति भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया