नुवाकोटको विदुर नगपालिकाको ढल निर्माण तथा प्रशोधन आयोजना सुरु
नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार शुभारम्भ गरे ।
नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।
‘अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरु २, ४, ५ र ६ नं को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्न पहल गर्नुपर्नेछ’, उनले भने, ‘एकीकृत गरिने ढललाई शुद्धिकरण गर्न बनाइने ‘प्रशोधन केन्द्र’ निर्माण गन अब दोस्रो चरणको ठेक्का चाँडै लगाउन आयोजनाको कार्यालयलाई सहज बनाउनेछौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया