बहादुरसिंह लामा र अमात्यलाई उम्मेद्धवारी फिर्ता लिन निर्देशन
नुवाकोट । चार दलीय गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन ।
गठबन्धनको अल्टिमेटमसँगै नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा माओवादी र कांग्रेसले दिएको र प्रदेशसभा (ख)मा कांग्रेसले दिएको उम्मेदवारी फिर्ता लिनुपर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवासमा भएको चार दलका अध्यक्षहरूको बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’ उनीहरूले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिने सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने चेतावनी दिएका छन ।
गठबन्धनको बाहिर सार्वजनिक भएको केन्द्रीय सहमति अनुसार नुवाकोट २ मा कांग्रेस र सोही क्षेत्रको प्रदेशसभा (क)मा नेकपा एकीकृत समाजवादी र प्रदेशसभा (ख)मा माओवादीका लागि भाग परेको थियो ।
तर कांग्रेस र माओवादीका जिल्लाका उम्मेदवार नेताहरूले सल्लाह गरेर नै समाजवादीलाई आउट गर्न दुबै क्षेत्रमा बागी उम्मेदवारी दिएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया