चिनयाँ रेल काठमाडौं ल्याउनुअघि गल्छी–केरुङ प्रसारणलाइन बनाउनुपर्ने, रेल चलाउन आवश्यक बिजुलीको लाइन अध्ययनमै ढिलाई

बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्ग सञ्चालन गर्न गल्छी (रातामाटा)–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने देखिएको छ । सो मार्गमा विद्युतीय रेल सञ्चालन गरिने भएकाले रेलमार्ग बन्नुअघि नै प्रसारणलाइन सञ्चालमा ल्याइसक्नुपर्ने भएको हो ।
‘रेलमार्ग निर्माणकै क्रममा पनि विद्युतीय उपकरणहरू चलाउनुपर्ने भएकाले सो प्रसारणलाइन सञ्चालनमा आइसकेको हुनुपर्छ,’ रेल विभागबाट हालै अवकाशप्राप्त इन्जिनियर प्रकाशभक्त उपाध्यायले भने । तर, अन्तरदेशीय प्रसारणलाइन निर्माणको अध्ययन भने रेलमार्गभन्दा पछि परेको छ ।
केरुङ–काठमाडौं रेलमार्गको पूर्वअध्ययन सकिएको छ भने डिपिआर र लगानी मोडालिटीबारे टुंगो लगाउन आउँदो अक्टोबरमा नेपालमा द्विपक्षीय छलफल हुने तय भएको छ । ‘रेलमार्ग निर्माणअघि नै प्रसारणलाइन बनाइसक्नुपर्छ भन्ने हाम्रो पनि धारणा हो,’ रातामाटा (गल्छी)–रसुवागढी–केरुङ ४०० केभी प्रसारणलाइन आयोजनाको नेपाल प्रमुख कोमलनाथ आत्रेयले भने, ‘यस विषयमा हामीले रेल विभाग र चिनियाँ पक्षसँग पनि कुराकानी गरेका छौँ ।’
विद्युतीय रेलमार्ग बनाउनुभन्दा २ वर्षअघि नै रेलमार्गको नजिकै भएर जाने गरी प्रसारणलाइन बनाएर भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्ने विश्वव्यापी अभ्यास छ । त्यही अभ्यासअनुसार बनाइने प्रसारणलाइन भएर बहने विद्युत्को केही हिस्सा रेलले पनि खपत गरोस् भन्ने चीनले चाहेको उनले बताए ।
‘रेलमार्गमा पर्ने सुरुङमा उज्यालो, अक्सिजनको व्यवस्था गर्न र उकालोमा चल्ने रेललाई भरपर्दो र ठूलो परिमाणमा ऊर्जाको व्यवस्था गर्न पनि प्रसारणलाइन अगाडि नै बनाउनुपर्ने भएको हो,’ आत्रेयले बताए ।
काठमाडौं–केरुङ रेलमार्ग करिब ४५ डिग्रीको उकालो हुँदै जाने अनुमान गरिएको छ । यस्तो उकालोमा जाने रेलले ठूलो परिमाणको विद्युत् खपत गर्न सक्छ । रेल चलाउने, टनेल, स्टेसनलगायत ठाउँमा बत्ती बाल्नेलगायत प्रयोजनका लागि ठूलो परिमाणमा विद्युत् खपत हुने उनले बताए । नयाँ पत्रिका दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया