चुनावी प्रचार सामाग्री आफै हटाउदै विदुरका मेयर श्रेष्ठ
नुवाकाेट । स्थानीय तह निर्वाचनका लागि आफु लगायतका टिमलाई विजयी गराउनका लागि टाँस गरिएका प्रचार सामाग्रीहरू नुवाकोटको बिदुर नगरपालिकामा हटाईएको छ ।

बिदुर नगरपालिका नवनिर्वाचित मेयर राजन श्रेष्ठले आफ्नै नेतृत्वमा प्रचार हटाउन सुरु गरेका हुन् । उनले बुधबार बिहान सदरमुकाम र आसपासका क्षेत्रहरूमा टाँस गरिएका प्रचारका सामाग्रीहरू व्यक्तिकाे घरघरमा पुगेर हटाएका हुन्हर ।
नुवाकोटको बिदुर नगरपालिकाको, बिनपा ५ देबिघाट,माझिटार,इनारपाटी,बट्टार,बिदुर,त्रिशुली,कोलनी तुप्चे हुदै नगरपालिका भित्रका सबै प्रचार सामाग्री हटाइने मेयर श्रेष्ठले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएर परिणाम समेत घोषणा भएकाेले प्रचार सामाग्रीहले नगरको सुन्दरता समेत बिग्रने भएकाले आफैबाट यसको सुरुवात गरेको उनले बताए । “निर्वाचन प्रयोजनका लागि हामी उम्मेदवारहरूका प्रचार सामाग्रीहरू टाँसिएका थिए, अव यी सामाग्रीहरू हटाउने जिम्मा हाम्रै भएकाले यसको थालनी गरिएको हो, अन्य दलका साथीहरूलाई पनि यो अभियान थाल्न अनुरोध गर्दछु मेयर श्रेष्ठले भने ।

उनी काँग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीको गठबन्धनबाट सझा उमेद्वार बनेका थिए । उनले आफ्नो कार्यकालमा सफा र स्वच्छ नगर बनाउने अभियान थाल्ने समेत बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण





प्रतिक्रिया