कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

विदुर खबर २०७८ माघ १२ गते १७:५७
फाईल फोटो ।

नुवाकोट । कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

Advertisement

बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसमेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

 घिसिङको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडा सहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया