आजको मौसम : देशभर सामान्य बदली रहने
नुवाकोट । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, शनिबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण
चितवनमा बस दुर्घटना, ३३ जना घाइते





प्रतिक्रिया