राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल
विदुर खबर
२०७८ जेठ ६ गते २१:०६
नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु षड्यन्त्र भएको बताए ।
सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन’ उनले भनेका छन् ।
नेता पौडेलले यो अवस्थामा संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया