नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनाली चयन

विदुर खबर २०७७ माघ १५ गते १९:२६

नुवाकोट । नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन गरिएको छ ।

Advertisement

विहिबार नेकपा ओली समहुले आयोजना गरेको जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दे ओली समुहका नेता बद्री मैनालीलाई अध्यक्षको जिम्मा दिएको हो ।

बैठकले पार्टी अध्यक्षको जिम्मा मैनालीलाई दिएपनि अन्य सचिवालयको जिम्मेवारी भने कसैलाई दिएको छैन । बाँकी रहेका पदाधिकारीको जिम्मेवारी समेत छिट्टै बैठक बसेर टुङ्ग्याउने नेकपाका ओली समुका नेता तथा केन्द्रिय कमिटिका सदस्य केशव पाण्डेले जानकारी दिए ।यस्तै बैठकले आजै एकसय ३१ जिल्ला सचिवालय समिति थप गरेको छ ।

Advertisement

यस्तै बैठकले प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडालाई समेत कारवाही गरेको जनाएको छ ।

प्रतिक्रिया