नुवाकोटमा मंगलबार रातिदेखि निषेधाज्ञा
विदुर खबर
२०७७ कार्तिक २४ गते २१:२५
नुवाकोट। वाग्मती प्रदेशको नुवाकोटमा स्थानीय प्रशासनले मंगलबार रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
काठमाडौंका अस्पताल संक्रमितले भरिएको, आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संक्रमणले जटिल परिस्थिति सिर्जना गरेकाले निषेधाज्ञा जारी गर्नुपरेको बताए ।
जिल्लामा खेलकुद, नाच, मेला, देउसीभैलो तथा भीडभाडमा रोक लगाइएको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको प्रजिअ ढकालले बताए ।
मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया