वर्डस्टोनसहित आधा दर्जन अवैध क्रसरमा विद्युत काटियो
विदुर खबर
२०७७ असोज ७ गते ११:३०
नुवाकोट । नुवाकोटको तादी र त्रिशुली नदीमा अवैध रुपमा चलेको वर्डस्टोन क्रसरसहित आधा दर्जन क्रसरमा नेपाल विद्युत प्राधिकरणले विद्युत काटेको छ ।
जिल्लाका प्रहरी र प्रशासन मिलेर अवैध रुपमा संचालन भएका क्रसरहरु बन्द गरिदिएपछि विद्युत प्राधिकरण नुवाकोटले पसिन सो क्रसरहरुमा विद्युत काटिदिएको हो । विद्युत प्राधिकरण नुवाकोटका अनुसार विद्युत काटिने क्रसरहरुमा
क्षेत्रपाल क्रसर उद्योग प्रा.लि.,सुर्य कुण्ड रोडा ढुङ्गा उद्योग प्रा.लि., दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रा.लि.र नेस्नल लाईभ एण्ड स्टोन कम्पनी प्रा.लि.रहेको नेपाल विद्युत प्राधिकरण त्रिशुलीले जनाएको छ ।
सर्वाेच्च अदालतको आदेश अनुसार अवैध रुपमा चलेका क्रसहरुमा विद्युत काटिएको बताइएको छ । स्मरण रहोस नुवाकोटका अवैध क्रसर खुलाउन नुवाकोटका जनप्रतिनिधिले सिडियोलाई दवाव दिइरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया