नुवाकोटमा कोरोना संक्रमितको संख्या ६७ पुग्यो

विदुर खबर २०७७ साउन २९ गते १६:४४

नुवाकोट । नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ३ जना कारोना भाइरसका संक्रमित भेटिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६७ पुगेको हो ।

Advertisement

स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आज नुवाकोटको विदुर नगरपालिकाका २१ वर्षिय पुरुष,तादी गाउँपालिकाका २४ वर्षिय पुरुष र दुप्चेश्वर गाउँपालिकाका ३५ वर्षिय महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितमध्ये एक पुरुषलाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ भने एक जनालाई खरानीटार अस्पतालमा उपचार गरिरहेका स्वास्थ्य कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

त्यस्तै संक्रमित महिलाको भने काठमाण्डौमा उपचार भइरहेको बताइएको छ ।

Advertisement

कार्यालयका अनुसार हालसम्म नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया