दुप्चेश्वर गाउँपालिकाको निति तथा कार्यक्रम पारित, गाउँपालिका र सबैवडामा स्तनपान कक्ष निर्माण गरिने
विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको निति तथा कार्यक्रम पारित भएको छ ।
मंगलबार गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम पारित गरेको हो । सार्वजनिक गरिएको निति तथा कार्यक्रम आज बसेको गाउँसभाले सर्वसम्मत रुपमा पारित समेत गरिएको छ । समृद्ध दुप्चेश्वर, सुखी दुप्चेश्वरवासी बनाउने सपनालाई साकार पार्न र सन्. २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने नेपाल सरकारको लक्ष्यलाई आत्मसाथ गर्दै स्थानीयको चाहाना र आवस्यककतालाई संवोधन गर्दै आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष तामाङको अनुसार कृषि, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, विपद तथा महामारी व्यवस्थापन लगायतको क्षेत्रहरुलाई प्राथमिकताको साथ निति तथा कार्यक्रममा समेटिएको छ । कोरोना भाइरसको कारण गाउँ फर्किएका नागरिकहरुलाईल कृषि क्षेत्रमा आकर्षित गराइ बाझो जमिनलाई उर्वरायुक्त बनाई कृषि निर्भर दुप्चेश्वर बनाउन विशेष उपज अनुदान कार्यक्रम सञ्चालन गरिने अध्यक्ष तामाङले बताउनुभएको छ । कृषिलाई आधुनिकिकरण गर्न आधुनिक र उन्नत प्रविधिको माध्यमबाट खेती गर्नको लागि कृषि औजार अनुदानमा वितरण गर्ने, समुन्द्रफिनी धानकोल उत्पादन अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइने, ७ टन खाद्यान्न भण्डारण गर्न सकिने तिस्यान केन्द्र निर्माण गरिने, मसला बाली उत्पादन तथा प्याज र लसुनमा रहेको परनिर्भरतालाई अन्त्य गर्दै आत्मनिर्भर बनाउन विशेष पकेट क्षेत्र विस्तार गरिने, मौसम सुहाउदो फलफूल तथा खाद्यान्नको खेती प्रवद्र्धन, तरकारीको विउ वितरण र प्लाष्टिक टनेल निर्माणमा अनुदान दिइने जस्ता विषयहरु निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाले स्वास्थ क्षेत्र अन्तर्गत रहेर कोरोना भाइरसको कारण गाउँ फर्किएकाहरुलाई निश्चित समयसम्म सुरक्षित राख्न आवस्यक व्यवस्था मिलाउनुको साथसाथै गाउँपालिका भित्र देखिने कोरोना भाइरसको केश अनुसन्धान, निगरानी, परिक्षण, रोकथाम तथा नियन्त्रण लगायतका प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गर्न गाउँपालिका प्रतिवद्ध रहेको बतायएको छ । दीर्घ रोगीलाई प्रदान गर्दै आउको आर्थिक सुविधालाई निरन्तरता दिदै सर्ने तथा नसर्ने रोगहरुको कारण तथा जोखिमको तत्वहरु न्यूनिकरण गर्न स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै पूर्ण सस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ ।
गाउँपालिकाको २, ४ र ५ वडामा रहेको स्वास्थ्य सस्थाहरुमा प्रसुती गृह स्थापना गर्ने र बाकी वडाको स्वास्थ्य सस्थामा प्रयोगशालाको व्यवस्थापन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गर्भवती महिलाको पोषण अवस्था सुधार तथा गर्भमा रहेको बच्चाके उचित वृद्धि विकासमा मदत पुराउने उदेस्यले सञ्चालनमा ल्याइएको गर्भवती महिलाको घरमा झण्डा हातमा अण्डा कार्यक्रमलाई निरन्तरता दिदै मातृ तथा नवशिशु स्वास्थ्यमा सुधार गर्न भिडियो एक्सरे मेसिनको व्यवस्थापन तथा सञ्चालन गरी गर्भवती महिलालाई गाउँपालिका भित्रै अल्ट्रासाउण्ड गर्ने व्यवस्था मिलाइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै शिक्षक दरवन्दी न्यून भएका विद्यालयहरुमा शिक्षक अभावलाई मध्यनजर गर्दै गत आर्थिक वर्ष नियुक्त गरिएको ४४ जना स्वयंशेवक शिक्षक कटौती गर्न लागिएको छ । शैक्षिक सत्र २०७८ देखि कक्षा १ मा तामाङ भाषाको स्थानीय पाठ्यक्रम तथा पाठ्यसामाग्रीको विकास गरी लागु गर्ने योजना लिएको दुप्चेश्वर गाउँपालिकाले महिनावारीको कारण छात्राहरुले विद्यालय छाड्ने दर उच्च रहेकोले उमेर समूहका सबै छात्राहरुलाई विद्यालयमा नै महिला शिक्षकलाई फोकल पर्सन तोकी प्रयाप्त मात्रामा स्यानिटरी प्याड वितरण गरिने बताइएको छ ।
आर्थिक समृद्धि र दिगो विकासको लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै श्रोत साधन अवसर र लाभमा महिलाको समान पहुच स्थापित गर्न सक्ने लक्षित कार्यक्रम सञ्चालन गर्ने निति गाउँपालिकाले लिएको गाउँपालिकाका उपािध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ । लैङ्गिक उत्तरदायी बजेट विनियोजन प्रणालीलाई कार्यान्वयन गरिने तथा लैङ्गिक निति पिनर्माण गरी कायाृन्वयनमा ल्याउने उपाध्यक्ष आचार्यले बताउनुभएको छ ।
गाउँपालिका र सातै वटा वडामा स्तनपान कष निर्माण गरी सञ्चालनमा ल्याइने, विद्यालयका विद्यार्थीहरुका लागि सामाजिक सञ्जालको प्रयोग, बालविवाह, बहुविवाह, जवरुजस्ती करणी, सम्वन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिने र गाउँपालिका क्षेत्रका महिलाहरुका लागि सरकारी तथा अन्य क्षेत्रमा वृतिविकासको मार्ग प्रशस्त गर्न लोक सेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गरिने उपाध्यक्ष आचार्यले बताउनुभएको छ ।
उहाँको अनुसार लैङ्गिक उत्तरदायी बजेट अन्तर्गत विनियोजन गरिएको रकम अन्य शिर्षकमा रकमान्तर गर्न नपाइने निति अवलम्बन गरिने छ ।“सुन्दर र समृद्ध दुप्चेश्वरको सार, कृषि पर्यटन सम्पदा र जलाधार” भन्ने उद्घोषको साथ आफ्नो गतिविधि सञ्चालन गरिरहेको दुप्चेश्वर गाउँपालिकाले भौतिक पूर्वाधार विकासको लागि एक वडा एक मुल सडकको अवधारणा ल्याएको छ । यस्तै विभिन्न बस्तिहरु हुदै समुन्द्राटार जोड्ने २० किलोमिटरको गुणस्तरीय रिङरोड निर्माणको अवधारणालाई निरन्तरता दिइने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया