बाढीले रसुवागढि जलविद्युत आयोजनामा ठूलो क्षति
विदुर खबर
२०७७ असार ७ गते १०:२३

रसुवा । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माण भईरहेको रसुवागढि जलविद्युत आयोजना र सुख्खा वन्दरगाहमा गएराति परेको भारी बर्षाका कारण आएको बाढिले क्षति पुर्याएको छ।
करिव ३ बजेको समयमा परेको भीषण वर्षाले निर्माणाधीन सुख्खा वन्दरगाहमा रहेको टिफर, जेसिभि र लोडर बगाएको छ । अन्य ६ वटा सवारिसाधन भने सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरि २१ नम्बर गुल्मका गुल्मपति एवम डिएसपी लक्ष्मण थापाका अनुसार बर्षा सङगै लेन्दे खोलामा अएको बाढि भोटेकोसि नदिमा मिसिदा रसुवागढि जलविद्युत आयोजनामा बाढिले क्षती पुर्याएको हो । आयोजनास्थल जाने पुलमा समेत बाढीले क्षति पु र्याएपछि आवतजावत ठप्प भएको छ ।
यस्तै, बन्दरगाहमा कार्यरत ११ जना कामदारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया