नुवाकोटमा लकडाउनको मौका छोपेर अवैध नदी उत्खनन
नुवाकोट । नुवाकोटमा लकडाउनको समयको मौका छोपेर अवैध नदी उत्खनन गर्नेहरु बढ्न थालेका छन ।
जिल्लामा रहेका विभिन्न क्रसर उद्योगहरुले लकडाउनको समयमा नै नदि दोहन थालेसँगै तादी र त्रिशुली खोला छेउ रहेका स्थानियबासीहरुले असन्तुष्टि जनाएका छन । प्रायजसो विदुर नगरपालिका क्षेत्रमा सधैंजसो मध्यरातका बेला नदी उत्खनन तीव्र बनेको हो । कोरोनाले देशभर सन्त्रास छाएका बेला विदुर नगरपालिका नेतृत्वले नदीमा अवैध उत्खनन बढाएको भन्दै तादी र लिखु खोला छेउका स्थानियहरुले असन्तुष्टि जनाएका हुन । तस्करहरुले तादी,त्रिशुली र लिखु खोलामा अनियन्त्रित अवैध उत्खनन बढाइएका छन । सबैजसो क्रसर उद्योगमा जनप्रतिनिधि नै सामेल रहेको तादी र त्रिशुलीका स्थानीयबासीहरुले बताएका छन । लकडाउनको समयमा तादी र त्रिशुली निदमा व्यापक नदि दोहन हुँदा समेत प्रहरी र प्रशासन मौन बसेको भन्दै स्थानियहरुले असन्तुष्टि जनाएका छन ।
हामी उत्खनन् गर्नेलाई समातेर प्रहरीलाई बुझाउँछौं’, एक स्थानियले भने, ‘हाम्रा जनप्रतिनिधि ती तस्करलाई छोडाएर ल्याउँछन् ।’ नदी उत्खननमा क्रसर सञ्चालक, जनप्रतिनिधि र प्रहरी–प्रशासनको गहिरो नाता देखिने उनको भनाइ छ । सर्वाेच्च अदालको २०७५ असार ३१ गतेको आदेश विरुद्द गएर विदुर नगरपालिका मेयर सञ्जु पण्डितको ठाडो आदेशमा अहिले तादी खोला उत्खनन गर्ने काम भइरहेको छ । सो क्रसरमा राजनीतिक दलका उच्च तहका नेता र विभिन्न ओहोदामा रहेकाहरुको संलग्नताले यो कहिल्यै नसल्टने विषय जस्तो बनेको सर्वसाधारण बताउँछन् । मध्यरातमा ठूलठूला यन्त्रले नदी उत्खनन गरेको थाहा पाएर यसरी नखन्न आग्रह गर्दा दुई दिन पहिले मात्र क्रसर सञ्चालकका मानिसले आफूलाई गाली गरेको र कुटपिटको समेत धम्की आउने गरेको स्थानिवासप्हरु बताउँछन ।
त्यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले त सार्वजनिक संचार माध्यमबाट नै नदि उत्खननको विरोध गरेका स्थानिय सर्वसाधारणहरुलाई टोले गुण्डाको संज्ञा दिएका छन । मेयर पण्डितले सर्वाेच्च अदालतको आदेशलाई लत्याउँदै नदी दोहन गर्नेहरुसँग साटगाँठ गरेको स्थानियको आरोप छ । तर मेयर पण्डित सो कुरा आरोप मात्रै भएको बताउँछन । मुलुकका र जिल्लाकै बिभिन्न ठाउँमा सञ्चालित बिकास निर्माणका कार्य र सर्वसाधारणका निर्माण कार्यमा नदीजन्य पदार्थ अतिआवश्यकीय बस्तु भएपनि उत्खनन्मा देखिने मनपरीतन्त्रले जनआक्रोश बढाएको छ । सबै स्थानीयतहले नदीजन्य पदार्थको उत्खनन्बारे मापदण्ड त बनाएकै छन् नि ! वातावरणीय र भौगोलिक रुपमा प्रतिकूल असर नपर्ने गरि बालुवम,ढुङ्गा निकाल्न मिल्ने स्पष्ट ब्यवस्था छ तर त्यसको वास्ता गरिएन ति स्थानियले भने ।
खासमा पछिल्लोपटक कोविड–१९ को रोकथाममा जिल्लाका प्रहरी–प्रशासन प्रमुख र जनप्रतिनिधि संलग्न भएको मौका छोपी अनियन्त्रित उत्खनन ह्वात्तै बढेको छ । लगातार उठ्दै आएको यो बिषय टुङ्ग्याउन सबभन्दा पहिले स्थानीयतहमा ईच्छाशक्ति हुनुपर्ने र स्थानीय प्रहरी–प्रशासनको समन्वयात्मक प्रयत्न हुनुपर्ने जिल्लाका बुद्धिजीवीले सुझाएका छन् ।आफ्नै माटो, प्रकृति र आफ्नै परिवेशको सुरक्षा चिन्ताले अनियन्त्रित नदी उत्खनन्को बिरोध बढेको पक्षलाई स्थानीय तहले तत्काल सम्बोधन गर्न आवश्यक देखिएको माध्यमिक तहको शिक्षण पेशाबाट अवकाश लिएका एक शिक्षकले बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया