नुवाकोटले संघिय सरकारबाट ३ अर्ब ४४ करोड अनुदान पाउने
नुवाकोट । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नुवाकोटका १२ स्थानीय तहलाई ३ अर्ब ४४ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालयका अनुसार त्यसमध्ये १० गाउँपालिकाले २ अर्ब ४८ करोड र २ नगरपालिकाले ९६ करोड १४ लाख रूपैयाँ अनुदान पाउने भएका छन्।
संघीय सरकारबाट विदूर नगरपालिकाले ५२ करोड ९४ लाख रूपैयाँ अनुदान पाउनेछ। यसैगरी बेलकोटगढी नगरपालिकाले ४३ करोड १२ लाख रूपैयाँ अनुदान पाउनेछ। त्यसैगरी ककनी गाउँपालिकाले ३० करोड ६८ लाख रूपैयाँ, किस्पाङ गाउँपालिकाले २३ करोड १६ लाख रूपैयाँ, तादी गाउँपालिकाले २२ करोड ८ लाख रूपैयाँ, दुप्चेश्वर गाउँपालिकाले २६ करोड ७१ लाख रूपैयाँ र पञ्चकन्या गाउँपालिकाले २२ करोड २९ लाख रूपैयाँ अनुदान पाउनेछन्। पञ्चकन्या गाउँपालिकाले वित्तीय समानीकरण अनुदानबापत ७ करोड ७८ लाख, सशर्त अनुदानबापत १३ करोड ७ लाख र विशेष अनुदानबापत १ करोड ४० लाख रूपैयाँ पाउनेछ।
यस्तै मेघाङ गाउँपालिकाले २० करोड ५५ लाख रूपैयाँ, लिखु गाउँपालिकाले २३ करोड ८६ लाख रूपैयाँ, शिवपुरी गाउँपालिकाले ३२ करोड २ लाख रूपैयाँ, सूर्यगढी गाउँपालिकाले २३ करोड ७८ लाख रूपैयाँ र तारकेश्वर गाउँपालिकाले २२ करोड ८ लाख रूपैयाँ पाउनेछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै





प्रतिक्रिया