नुवाकोटले संघिय सरकारबाट ३ अर्ब ४४ करोड अनुदान पाउने
नुवाकोट । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नुवाकोटका १२ स्थानीय तहलाई ३ अर्ब ४४ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालयका अनुसार त्यसमध्ये १० गाउँपालिकाले २ अर्ब ४८ करोड र २ नगरपालिकाले ९६ करोड १४ लाख रूपैयाँ अनुदान पाउने भएका छन्।
संघीय सरकारबाट विदूर नगरपालिकाले ५२ करोड ९४ लाख रूपैयाँ अनुदान पाउनेछ। यसैगरी बेलकोटगढी नगरपालिकाले ४३ करोड १२ लाख रूपैयाँ अनुदान पाउनेछ। त्यसैगरी ककनी गाउँपालिकाले ३० करोड ६८ लाख रूपैयाँ, किस्पाङ गाउँपालिकाले २३ करोड १६ लाख रूपैयाँ, तादी गाउँपालिकाले २२ करोड ८ लाख रूपैयाँ, दुप्चेश्वर गाउँपालिकाले २६ करोड ७१ लाख रूपैयाँ र पञ्चकन्या गाउँपालिकाले २२ करोड २९ लाख रूपैयाँ अनुदान पाउनेछन्। पञ्चकन्या गाउँपालिकाले वित्तीय समानीकरण अनुदानबापत ७ करोड ७८ लाख, सशर्त अनुदानबापत १३ करोड ७ लाख र विशेष अनुदानबापत १ करोड ४० लाख रूपैयाँ पाउनेछ।
यस्तै मेघाङ गाउँपालिकाले २० करोड ५५ लाख रूपैयाँ, लिखु गाउँपालिकाले २३ करोड ८६ लाख रूपैयाँ, शिवपुरी गाउँपालिकाले ३२ करोड २ लाख रूपैयाँ, सूर्यगढी गाउँपालिकाले २३ करोड ७८ लाख रूपैयाँ र तारकेश्वर गाउँपालिकाले २२ करोड ८ लाख रूपैयाँ पाउनेछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया