ककनीमा राहतको चामल लुकाएको अवस्थामा पानी ट्याङ्कीमा भेटियो

पानी ट्याङ्कीमा लुकाईको राहातको चामल
विदुर । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला परेको छ ।
वडा नम्बर १ को कागतीगाउँमा रहेको भवानी माबि नजिकको पानी ट्याङ्ग्कीभित्र लुकाइएको अवस्थामा स्थानियवासीले ९ बोरा चामाल र एक बोरा दाल भेटेका हुन । गाउँपालिकामा राहात नपाएर भोकमरी लाग्ने अवस्था आउँदा समेत राहात वितरण नगरि वडा नम्बर १ का वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राजनिति गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन ।
गाउँपालिकाले वडा नम्बर १ लाई राहात वितरणको लागि भन्दै ३४० बोरा चामलसहित दाल र तेल वडाअध्यक्षलाई तीन साताअघि दिएको थियो, वडाध्यक्षले अझैसम्म राहात वितरण नगरेर के गरेका हुन ? भन्दै गाउँपालिका अध्यक्ष मानवहादुर लामाले असन्तुष्टि पोखेका छन । उनले तत्काल वितरण गर्न भनेर दिएको राहात सामाग्री किन वितरण नगरेको भन्दै आफुहरुले केरकार गर्न शुरु गरेको बताए । अहिले नुवाकोटमा राहतको नाममा ब्यापार र राजनीति चल्दे गरेको अवस्थामा राहात सामाग्री नै विद्यालयमा राखेको ठाउँबाट हराउनु आफैमा लज्जाबोध र गाउँपालिकाकै बेइज्जत भएको स्थानिय सुभलाल बलामीले बताएका छन ।
त्यस्तै वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले विद्यालयमा राखेको राहात सामाग्री हराउनु आफैमा लज्जाबोध भएको भन्दै घटनाको छानविन भइरहेको बताए । विद्यालयको कोठाभित्र राहात सामाग्री राखिएको थियो, तर केहिदिनपछि त राहात सामाग्री त पानीको ट्याङ्कीमा पो भेटियो, उनले भने । वडाध्यक्ष वलामीले विद्यालयको साँचो धेरै व्यक्तिसँग रहेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताए । त्यस्तै राहात खाद्यान्न चोरीको विषयमा जानकारी लिदाँ गाउँपालिकाकी उपाध्यक्ष सिता लामा खतिवडाले पालिकाले दिएको खाद्यान्न वडाले लगेर वितरण नगरि राखेको र अस्ती हराएको मैले पनि सामाजिक संजालबाट थाहा पाएकी हुँ उनले भनन् ि। केहि स्थानमा राहात वितरणमा ढिलाइ भइरहेको अवस्थामा वडामा नै राहात सामाग्री थन्केर वस्नु नै गलत भएको उनले बताइन ।
जनता राहातको नाममा छटपट्टिएर बसेको वेला राखेकै ठाउँबाट राहात सामाग्री हराउनु हास्यास्पद भएको सरोकारवालाहरु बताउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया