म्यागङ गाउँपालिकाबाट तिन जनाको स्वाब परिक्षणको लागि काठमाण्डौ लगियो

विदुर खबर २०७७ वैशाख ३ गते २१:४६

नुवाकोट । म्यागङ गाउँपालिकाको वडा नं ३ मा रहेको देउराली प्राथमिक स्वास्थ्यकेन्द्रमा आज स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्यकर्मीको उपस्थितिमा विभिन्न देशबाट नेपाल फर्किएका२३ जना ब्यक्तिहरुको कोरोना भाइरस (कोभिड-19) सम्बन्धि रेपिट(RDT-KID) टेष्ट गरिएको छ ।

Advertisement

परीक्षण गरिएको २३ जनाको रिपोर्ट नेगेटिभ(Nagative) देखिएको छ । RDT परीक्षण गरिएको २३ जना मध्ये २१ दिनको वरिपरि स्वादेश फर्किएका ३ जनाको स्वाब (Swab)लिएर थप परीक्षणको लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकु, काठमाडौ लगिएको छ । परीक्षणमा म्यागङ गाउँपालिकाको वडा नं १ बाट ४ जना,वडा नं २ बाट १ जना, वडा नं ३ बाट ७ जना, वडा नं ४ बाट ३ जना, वडा नं ५ बाट ४ जना, वडा नं ६ बाट ४ जना गरि २३ जनाको परिक्षण गरिएको छ । २३ जना मध्ये १ जना महिला रहेको छ ।

परीक्षण पाश्चत जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले परीक्षणमा नेगेटिभ देखिए पनि अर्को ब्यक्तिलाई पोजिटिभ देख्न सकिने सम्भावना हुने भएकोले पछिल्लो अवस्थामा थप परिक्षण गर्नको लागि पहल गरिने प्रतिबद्धता गर्नुभएको छ। कोरोनाबाट सुरक्षित रहनको लागि स्थानीय सरकारबाट गर्नुपर्ने जुनसुकै कार्यको लागि अाफू तयारी रहेको र जिम्मेवारी रहेको,गाउँपालिका अध्यक्ष अाशा तामाङले बताउनु भएको छ।

Advertisement

परीक्षण कार्यक्रममा म्यागङ गाउँपालिकाको उपाध्यक्ष शान्ति लामा,वडा नं ३ का अध्यक्ष हरि बहादुर तामाङ लगायत त्रिशुली अस्पतालका मेडिकल अधिकृत डा:राजेन्द्र लामाको उपस्थिति रहेको जानकारी म्यागङ गा.पा.का स्वास्थ्य प्रमुख कुमार लाल श्रेष्ठले दिनुभएको छ ।

प्रतिक्रिया