पुर्वअर्थमन्त्रि डा.महतद्धारा विद्यालय भवन उद्घाटन
नुवाकोट । जापानि सहयाेगि निकाय जाईकाकाे आर्थिक सहयोगमा निर्माण भएको शिवपुरि गाउँपालिका ६ समुन्द्रादेवि स्थित श्री जनसहयाेग आधारभुत बिद्यालयकाे ९ काेठे पक्कि भवनकाे आज उद्घाटन गरिएको छ ।
२ कराेड छत्तिस लाख पचपन्न हजार सात सय रुपैयाँ लगानीमा निर्माण भएको उक्त भवनकाे आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री डा.रामशरण महतले रिवन काटेर उद्घाटन गर्नुभएको हाे । भवन उद्घाटन गर्नुहुदै महतले नेपालकाे शैक्षिक क्षेत्रकाे बिकाशमा नेपाली कांग्रेसले आफ्नाे स्थापना काल देखि नै महत्त्वपूर्ण भुमिका निभाउदै आएकाे र २०१५ सालमा नेपाली कांग्रेसका संस्थापक सभापति तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बि पि काेईरालाले सुरु गरेकाे बिकाशकाे अभियान गाउँ गाउँमा बिद्यालय ,माेटरवाटाे , स्वास्थचाैकि , बिजुलि बत्ति लगायत आधारभुत कामहरु आफुहरुले पूरा गरेकाे बताउनुहुदै नुवाकोट र नेपालकाे आर्थिक बिकाशकाे लागि आफु सधैं लागि परिरहने चाहे त्याे पदमा हुदा हाेस या पदमा नहुदा हाेस बिकाशनिर्माणकाे बाटाेमा सधैं प्रतिबद्ध रहेकाे बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर न के सि ,महासमिति सदस्य रमेशकुमार महत ,उपसभापति लक्षुमण थापा ,सचिव शिव दाहाल क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ जिल्ला सदस्य तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष याेबिन्दसिहं तामाङ ,तादि गाउँपालिकाका अध्यक्ष नारायण प्र पाण्डे , महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया