मैत्रीपुर्ण फुटवलमा राष्ट्रसेवक कर्मचारी ५–२ गोल अन्तरले विजयी
नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटमा आयोजना गरिएको मैत्रीपुर्ण खेलमा राष्ट्र सेवक कर्मचारी विजयी भएको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा राष्ट्रसेवक कर्मचारी ५–३ गोल अन्तरले विजयी भएको हो । राष्ट्र सेवक कर्मचारीलाई जित दिलाउन नेपाल प्रहरीका प्रहरी निरिक्षक विष्णुहरी फ्युालले २ गोल गरे भने रमेश राना,दिनेश खड्का र दिपेश आयर समान १÷१ गोल गरेका थिए ।
निकै प्रतिष्पर्धात्मक भएको खेलमा पहिलो गोल भने जनप्रतिनिधिको तर्फबाट विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिवकुमार चित्रकारले गरेका थिए । त्यस्तै विदुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजु सडौलाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा विजयी भएको राष्ट्रसेवक कर्मचारी र उपविजेतामा सिमित भएको जनप्रतिनिधिलाई शुक्रबार कप, मेडल र प्रमाणपत्र वितरण गरिने छ ।
खेलमा जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुङ्गाना, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, पन्चकन्या गाउँपालिकाका प्रमुख रमेश तामाङ, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामा, नगर तथा गाउँपालिकाका वडाअध्यक्षहरुले सहभागिता जनाएका थिए । त्यस्तै राष्ट्र सेवक कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलm सहायक प्रजिअ बद्रीनाथ गैरे, प्रहरी उपरिक्षक अबिनारायण काफ्ले, राष्ट्रिय अनुसन्धानका डिएसपि धिरज बानियाँ लगायत विभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको तारकेश्वरमा भिरबाट लडेर एकजनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण





प्रतिक्रिया