राजपाले भन्यो-ओलीको बोलीमा विश्वास छ तर, सरकारमा जान्नौं
२७ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । तर, संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएको छ ।
संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले संविधान संशोधनको प्रतिवद्धता जनाउँलान् भन्ने लागेको तर नभएको उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको बचनमा विश्वास छ, हामी कुनै सम्झौता गर्दैनौं तर, तपाईले आजै संसदमा एउटा प्रतिवद्धता जनाइदिनुस् । सिंगो देश एक भएको सन्देश दिनुस् ।’
उनले सर्बदलीय बैठक बोलाउन र साझा एजेण्डा बनाएर अघि बढ्न ओलीलाई सुझाव दिए ।
राजपा सांसद यादवले प्रधानमन्त्री ओलीलाई मत दिने तर, आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘संविधान संशोधन लगायतका मुद्दा सम्बोधन भएपछि विचार गरौंला ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया