नुवाकोटमा आजको सार्वजनिक बिदा खारेज
विदुर खबर
२०८२ असोज २० गते ७:३८
नुवाकोट । लगातारको वर्षाका कारण असोज १९ र २० गतेका लागि घोषणा गरिएको सार्वजनिक बिदा नुवाकोटमा खारेज गरिएको छ।

मौसममा सुधार आएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार सूचना जारी गर्दै सोमबार (असोज २०) बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार विपद् जोखिम प्रतिकार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा सुचारु गर्न भनिएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जिल्लामा कुनैपनि समस्या नभएकोले सरकारी कार्यालयहरु सुचारु गर्न आग्रह गरे । उनले जिल्लाको सबै सरकारी कार्यालयहरु आजदेखि खुल्ने बताए ।
त्यसअनुसार नुवाकोटका सबै सरकारी सेवा पुनः सञ्चालनमा आएका छन्।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया