नुवाकोटमा एकैपटक १०९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरियो
विदुर खबर
२०८२ असोज १० गते १९:३०

नुवाकोट । नुवाकोटमा एकैपटक १०९ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको आयोजनामा भएको शिविरमा एक सय नौ जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्म संचालन भएको शिविरमा १०९ जनाको मोतियाबिन्दु र ७ जनाको मासु पलाएको गरि जम्मा ११६ जनाको सफल शल्यक्रिया उनले बताए ।

शिविरमा जिल्लाको विभिन्न स्थानबाट मानिसहरुको आएका थिए । यसअघि आँखाको चेकजाँच गरि मोतियाबिन्दु भएका विरामीहरुलाई विदुर ल्याएर शल्यक्रिया गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया