नुवाकोटको त्रिशुली नदि किनारमा एक बृद्धको शव फेला
नुवाकोट । नुवाकोटको त्रिशुली नदि किनारमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।

बिहिबार विहान ११ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटार दोवानटार स्थित त्रिशुली नदिको बगरमा अज्ञात पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नाम थर नखुलेको अन्दाजी ६०÷६२ वर्षिय पुरुषको मृत लाश फेला परेको छ भन्नेसुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी अधिकृतको सहितको टोली घटनास्थल पुगेको थियो ।
मृतक शवको प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टम कार्यको लागि त्रिशुली अस्पताल नुवाकोट ल्याइएको छ भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामले जानकारी दिए ।
मृतकको नामथर, वतन हालसम्म सनाखत हुन नसकेकोले मृतक पुरुष व्यक्तिको कोही कसैले पहिचान गरेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खबर गर्न उनले आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया