जेनजी विद्रोहमा सहिद बने नुवाकोटका बलामी

विदुर खबर २०८२ भदौ ३० गते १५:३५

नुवाकोट । भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएका नुवाकोटको ककनी एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ का शुभराज बलामी रहेका छन् ।

भदौ २४ गते आयोजित प्रदर्शनमा सहभागी भएका उनको बेला टाउकोमा गोली लाग्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आईतवार निधन भएको प्रहरीले जनाएको छ ।

Advertisement

बलामीको मृत्युसंगै नुवाकोटमा जेनजी विद्रोहका क्रममा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि तादी गाउँपालिका निवासी धीरज श्रेष्ठ पनि प्रहरीको गोली लागेर घाइते भएका थिए ।

प्रतिक्रिया