कांग्रेस नुवाकोटले क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि आर्थिक संकलन सुरु गर्ने
नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले हालैको जेन्जी पुस्ताको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको विपी स्मृति भवन, पाटी कार्यालयको पुनर्निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गर्ने निर्णय गरेको छ ।

विदुरस्थित क्षतिग्रस्त रहेको पार्टी कार्यालयमा नै सभापति रमेशकुमार महतको अध्यक्षतामा आज बसेको विशेष बैठकले पार्टी सदस्यहरुसँग प्रति व्यक्ति एकसय रुपैयाँ अनिवार्य र अन्य शुभेच्छुक तथा सहयोगीहरुसंग स्वेच्छिक आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो ।
भदौ २४ मा भएको जेन्जी पुस्ताको आन्दोलनले विपी स्मृति भवनमा तोडफोड र आगजनी गर्दा त्यहाँ रहेका महत्वपूर्ण दस्ताबेज सहितको कागजात, फर्निचर सहितका सामाग्रीहरु जलेर नष्ट भएको थियो ।
आन्दोलनको मौका बनाई अराजक तत्वहरुबाट भएको घुसपैठमा संलग्नहरुको हुलिया संकलनकेा काम भइरहेकाले संलग्न भएकाहरुलाई कारबाहीको लागि न्यायिक निकायमा उजुरी दिने निर्णय विशेष बैठकले निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिको गम्भीर भतसर्ना गर्दै यही भदौ २४ गते सिंहदरबार सहितको प्रशासनिक निकाय, सर्वोच्व अदालत सहितको न्यायालयहरु, ऐतिहासिक संरचना, संघसंस्था र निजी सम्पत्तिमा आगजनी तथा लुटपाटका घटनाको घोर भर्सना र निन्दा गरिएको छ । उक्त घटनामा संलग्न अराजक व्यक्तिहरुलाई तत्कालै पक्राउ गरेर कानुनी कारबाही गर्न पनि माग गरिएको बैठक छ ।
उहाँको अनुसार पार्टीले जेन्जी आन्दोलनको क्रममा घाइते भएका आफ्ना सभापति शेरबहादुर देउवा सहित सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
घटनामा ज्यान गुमाएका व्यक्ति प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन पनि नुवाकोट काग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । घाइतेहरुको प्रभावकारी र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन माग गरेको छ ।
बैठकले जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको संस्थागत संरक्षण गर्नु पार्टीको दायित्व रहेकाले आगामी दिनमा केन्द्रीय कार्यसमितिबाट प्राप्त निर्देशन अनुसार अघि बढ्ने निर्णय गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया