चुस्त र जनमुखी सेवा दिन अध्यक्ष अधिकारीको निर्देशन

नुवाकोट । आईतवारदेखि तारकेश्वर गाउँपालिकाका सबै कार्यालयको सेवा सुचारु हुने भएको छ ।

शनिवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जनमुखी ढङ्गले सेवा सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
अधिकारील विद्यालयमा दिउँसो १ बजेसम्म बालबालिकाको मनोबल बढाउने परामर्शका कार्यक्रम गर्न र त्यसपछि नियमित पठन पाठन सुरु गर्न समेत निर्देशन दिएका छन् ।
अध्यक्ष अधिकारीले देशमा उत्पन्न विषम परिस्थितिका कारण बन्द भएका तारकेश्वर गाउँपालिका कार्यालय, सबै वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूको सेवा र गाउँपालिका भरिका विद्यालयहरुको पठन पाठन शुरु गर्न निर्देशन दिएका हुन् ।
कार्यालयहरूको सेवा चुस्त र जनमुखी ढङ्गले प्रवाह गर्न निर्देशन दिँदै अध्यक्ष अधिकारीले भदौ २३ र २४ को त्रासदीपूर्ण वातावरणले बालबालिकामा पर्न गएको मनोवैज्ञानिक असरलाई सामान्यीकरण गर्न विद्यालयहरूले भोलि दिउँसो १ बजेसम्म मनोसामाजिक परामर्शसहित बालबालिकाको मनोबल बढाउने खालका क्रियाकलापहरू सञ्चालन गर्न र त्यसपछि नियमित पठन पाठन सुरु गर्न प्रधानाध्यापकहरूलाई समेत निर्देशन दिएका थिए ।
जेनजीहरुको आन्दोलनको कारण गत मंगलवारबाट नुवाकोटसहित देशभर रहेका सरकारी तथा निजि कार्यालयहरुको काम प्रभावित भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया